June 2009
In the year since the acquisition of the state-of-the-art Mistubishi Diamond 3000 5+C Jagadamba press has more than doubled the volume of work.
Clients are gradually availing of the fifth-colour and online coating facility that the Mitsubishi is able top provide. Customer satisfaction with the results is very high, and awareness is spreading in the market about the need for a coated surface for covers and colour prints. In addition, Jagadamba has also added an offline thermal coating unit to do glossy and matted coating for the covers of finished products. This is in addition to the spot varnishing unit which has become very popular.
The new equipment and their versatility has meant that Jagadamba has been breaking new ground with printing most of Nepal's trekking maps, magazines like WAVE, ECS, Living, VOW, boss, Shangri-la, books like nepa-laya's 'Never Again' and reprints of 'A People War', large billboard size posters for feature films like Sano Sansar as well as the annual reports of banks, school and college brochures.
२०६६, जेठ/असार
यस वर्ष अत्याधुनिक 'मित्सुबिसी डायमन्ड ३००० ५+सी' राखिसकेपछि जगदम्बा प्रेसले आफ्नो कामलाई दोब्बरभन्दा बढ्ता पु-याएको छ।
मित्सुबिसीमा उपलब्ध पाँच-रङ तथा तत्काल गरिने (अनलाइन) रङलेपनको सुविधाबाट ग्राहकहरू क्रमश: लाभान्वित भइरहेका छन् । यसबाट ग्राहकहरूलाई अत्यन्त सन्तुष्टि मिल्नुका साथै चम्किलो लेपन भएका बाहिरी गाता तथा रङ्गीन छपाइको आवश्यकता र त्यसप्रतिको चासो बजारमा बढिरहेको छ । यसका साथै तयारी सामग्रीमाथि चम्किलो-मुलायम र खस्रो रङलेपन गर्नका लागि जगदम्बाले एउटा अफलाइन तापयुक्त (थर्मल) रङलेपन एकाइ पनि थपेको छ, जुन तुरुन्तै गरिने रङलेपन एकाइमा अर्को थप एकाइ हो । यो अहिले अत्यन्त प्रसिद्ध भइसकेको छ ।
यी नयाँ उपकरण र तिनको बहुउपयोगिताले गर्दा जगदम्बाले नेपालका अधिकांश पदयात्राका नक्साहरू; वेभ, इसिएस, लिभिङ, भाओ, बोस, साङग्रिला जस्ता म्यागजिनहरू; नेपालयका 'नेभर अगेन' र 'अ पिपुल वार' जस्ता पुस्तकको पुनर्मुद्रण; 'सानो संसार' जस्ता कथानक चलचित्रहरूका ठूलो बोर्ड आकारका पोस्टरहरूका साथै बैङ्कहरू, स्कूल र कलेजका ब्रोसरहरू छापेर छपाइजगतलाई नयाँ उचाइमा पु-याएको छ ।