Jagadamba Press is inducting a new Sakurai OL475SDP printing press from Japan to augment its high quality sheet – fed print quality. The machine will and to Jagadamba Press' capacity to meet customer demand at peak periods and the machine is ideally suited for magazine printing, and its lower running costs will provide a competitive edge. The machine has a maximum sheet size of 765x600 mm with channel type feeder, which is an advantageous feature because two feed boards and preparation for the second job can be done when the first job is running. This is generally preferred by Japanese customers as useful feature for short run jobs, and will also be attractive to customers in Nepal.
जगदम्बा प्रेसले ‘साकुराई ओएल ४७५५ डिपी ल्याउँदै छ’
उच्च स्तरीय छपाइलाई अझै गुणात्मक वृद्धि गर्नका लागि जगदम्बा प्रेसले जापानबाट नयाँ छपाइको मेसिन ‘साकुराई ओएल ४७५५ डिपी’ ल्याउँदै छ । यो मेसिनले कामको अत्यधिक चाप परेको बेलामा ग्राहकहरूको मागलाई पुरा गर्न जगदम्बा प्रेसको कार्य–क्षमतालाई बढाउने छ । विशेष गरी यो मेसिनलाई म्यागेजिन छपाइका लागि प्रयोगमा ल्याइने छ र यसले प्रतिस्पर्धा चुलिएका बेला न्यूनतम लागत खर्चमा काम सम्पन्न गर्ने छ । यो मेसिनमा ७६५ x ६०० मिमीका अधिकतम आकारका कागज छाप्ने क्षमता छ । यो मेसिनमा कस्तो विशेषता छ भने यसका काम गर्ने दुई तह हुन्छन् र पहिलो काम भइरहेको बेला दोस्रो कामको तयारी गर्न सकिन्छ । चाँडै काम सिध्याउनका लागि जापानी ग्राहकहरूले यो मेसिनलाई असाध्यै मन पराएका छन् । आशा छ, नेपाली ग्राहकहरूले पनि यसलाई मन पराउने छन् ।
